उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गरिँदै

हिमाल प्रेस १६ फागुन २०८० १८:४०
14
SHARES
उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गरिँदै

काठमाडौँ-  निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ।

कार्यक्रमअन्तर्गत आयोगले फागुन २८ गते मतदाता नामावली र आगामी चैत २२ गते अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ। इलाम क्षेत्र २ को प्रतिनिधिसभा सदस्य र बझाङ (क) को प्रदेशसभा सदस्यको रिक्त पदमा उपनिर्वाचनको मिति निर्धारण भएको छ।

आयोगले मतदाता नामावलीमा रहेका त्रुटि सच्च्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुटा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन यही फागुन २९ गतेदेखि आगामी चैत ५ गतेसम्मको अवधि निर्धारण गरिएको छ।

प्राप्त निवेदन, सूचना र उजुरीउपर कानुनबमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज (बुधबार) जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: १६ फागुन २०८० १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =