इटहरीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

हिमाल प्रेस १३ फागुन २०८० १५:५९
34
SHARES
इटहरीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

इटहरी-  इटहरीमा ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ। इटहरीको पश्चिम लाइनस्थित राजस्व ढाट नजिकै आज (आइतबार) दिउँसो ना ६ ख ६५७५ नम्बरको मालबाहक ट्रकले प्रदेश १-०२-०४६ प २८६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार युवकको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा इटहरी ५ का ३१ वर्षीय रोबिन राई रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीले पुष्टि गरे। उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो। ठक्करबाट राईको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले बताए।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। ट्रक र चालक झापाको अर्जुनधारा ९ का ठाकुरलाल तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ।

प्रकाशित: १३ फागुन २०८० १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 10 =