पूर्वमन्त्री आचार्यको आरोप : माफियाले प्रधानमन्त्री र मन्त्रीलाई प्रभावित पारेर नेपाली आकाश कब्जा गर्न खोज्दैछन्

हिमाल प्रेस १३ फागुन २०८० १३:५२
34
SHARES
पूर्वमन्त्री आचार्यको आरोप : माफियाले प्रधानमन्त्री र मन्त्रीलाई  प्रभावित पारेर नेपाली आकाश कब्जा गर्न खोज्दैछन्

काठमाडौँ- नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री भीम आचार्यले नेपालको हवाई क्षेत्रमा माफियाको प्रदेश हुन लागेको भन्दै प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै आचार्यले सरकारले पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन रोकेर त्रिभुवन विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिन खोजेको आरोप लगाएका हुन्।

‘दुईवटै विमानस्थल सञ्चालन रोकेर, टीआईए (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) लाई प्राइभेटलाई दिने नियत देखिन्छ। टीआईए पहिलेदेखि प्राइभेटले लिन हवाइ माफियाहरूले पहल गरिरहेका थिए’ उनले भने।

त्रिभुवन विमानस्थलले वर्षमा साढे १२ अर्ब रुपैयाँ आम्दानी गर्ने र डेढ अर्ब मात्र खर्च हुने गरेको भन्दै पूर्वपर्यटनमन्त्रीसमेत रहेका आचार्यले ११ अर्ब रुपैयाँ निजी कम्पनीलाई दिन खोजेको आरोप लगाए।
उनले भने, ‘हवाइ माफियाले मन्त्री र प्रधानमन्त्रीलाई प्रभावमा पारी यस्ता योजना ल्याइरहेका छन्। सबै सेटिङमा अध्ययन समिति बनेको चर्चा छ।’

सरकारले रुटको कारण देखाए पनि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नै नचाहेको उनको भनाइ छ। भारतले भैरहवा रुट नदिए पनि सिमरा, काकडभिट्टा र हिमालयमाथिको रुटबाट पनि ती विमानस्थल सञ्चालन गर्न सकिने उनले बताए।

लाओस् कम्पोडिया म्यानमारजस्ता देशबाट वुद्ध धर्मावलम्बी पर्यटक र भारत तथा चीनबाट ठूलो संख्यामा पर्यटक ल्याउनेतर्फ सरकारले ध्यान नदिएको उनको भनाइ छ।

प्रकाशित: १३ फागुन २०८० १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =