तस्बिरमा एमालेको केन्द्रीय कमिटी बैठक

दिपेश श्रेष्ठ ८ फागुन २०८० १३:४०
6
SHARES
तस्बिरमा एमालेको केन्द्रीय कमिटी बैठक

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक केही बेरअघि सुरु भएको छ। केन्द्रीय कार्यालय च्यासलमा जारी बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्ने छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गरेका छन्। केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय भएका छन्।

बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ।

 

प्रकाशित: ८ फागुन २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =