अहिले पनि वामपन्थी एकतामा विश्वास गर्छु : ओली

हिमाल प्रेस ७ फागुन २०८० २०:०६
22
SHARES
अहिले पनि वामपन्थी एकतामा विश्वास गर्छु : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य खेलका कारण नेकपा फुटेको बताएका छन्। सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आफ्नो प्रयासमा पार्टी एकता गरेको र जोगाउने भरपुर कोसिस गरे पनि बाह्य खेलका कारण नेकपा फुटेको बताएका हुन्।

नेकपा फुटेकोमा आफूलाई अपजस लगाउने गरेको भन्दै उनले तत्कालीन अवस्थामा प्रचण्डले निर्वाचन आयुक्तसँग मिलेर सरकार बनाउन नदिने षड्यन्त्र गरेको जिकिर गरे। आफूलाई वामपन्थी एकता विरोधी भन्ने भाष्य सिर्जना गर्न खोजिएको भन्दै उनले आफू अहिले पनि एकतामा विश्वास गर्ने उल्लेख गरे। यद्यपि एकताका लागि नाजायज माग स्वीकार्य नहुने उनको भनाइ छ।

यस्तै उनले गठबन्धन नगरे केही दलहरूको अस्तित्व समाप्त हुने बताएका छन्। ओलीले अस्तित्व जोगाउन मुस्किल परेका दलहरूले गठबन्धनको साहारा लिइरहेको बताएका हुन्।

एमालेको लडाइँ भने अस्तित्वका लागि नभई समृद्ध नेपाल सुखी नेपालीका लागि भएको बताए। ओलीले कांग्रेस हेर्दाहेदै बुढो भएको र आफ्नो सहारामा एक्लै उभिन नसक्ने अवस्थामा पुगेको तर्क गरे।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईसहितका नेता–कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले प्रवेश गराएका थिए।

प्रकाशित: ७ फागुन २०८० २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =