खुलेको मौसम [तस्बिरहरू]

हिमाल प्रेस ५ फागुन २०८० १४:१३
20
SHARES
खुलेको मौसम [तस्बिरहरू] मुस्ताङको थासाङ गाउँपालिका–३ कालोपानीको सडकमा हलो बोकेर गोरु धपाउँदै गन्तव्यतर्फ जाँदै गरेका किसान र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल। तस्बिर : सन्तोष गौतम/रासस

काठमाडौँ- ‘हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ’, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको बुटेलिनमा दोहोरिरहने वाक्य हो। यसैगरी मौसम बुलेटिनमा ‘देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ’ वाक्य सधैँजसो पढ्न पाइन्छ। विगतमा माघेझरी पर्थ्यो।

झरीले जाडो बढाए पनि किसान खुसी हुन्थे। खेती किसानीको चटारो हुन्थ्यो। यसपालि त माघे झरी परेन। पानी नपर्दा पहाडी क्षेत्रमा किसानहरू चिन्तामा रहेको खबर देशका विभिन्न ठाउँबाट आइरहेका छन्। अधिकांश ठाउँमा मौमस खुलेको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार सधैँ एकै प्रकारको मौसमी प्रणाली हुँदैन। उनले भने, ‘यसपटक पश्चितिरबाट आएको वायु प्रणाली हल्का मात्रै रहेकाले माघमा झरी पर्न सकेन।’ अझै केही दिन पानी पर्ने सम्भावना नरहेको उनी बताउँछन्। उनले भने, ‘हल्का वायु प्रणालीले उच्च पहाडी भेगका केही स्थानमा हिमपात भयो तर पानी पर्न भने सकेन।’

बझाङको सुर्मा गाउँपालिका–४ मा पर्ने ठूली उकाली हिमाल।
बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा बन्दै गरेका धार्मिक संरचना।
धौलागिरी हिमाल।
म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा ढुंगाले छाए परम्परागत घर र पृष्ठभूमिमा गुर्जा, चुरेन हिमाल।
नेपालको ठूलो र गहिरो रारा ताल र रारा राष्ट्रिय निकुन्जको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानहरु डुंगामा सयर गरेर गस्ती गर्दै।
सुर्खेतको वीरेन्द्रनगर–६ मा रहेको घण्टाघर र पछाडि देखिएको वीरेन्द्रनगर बजार।
धवलागिरि र टुकुचे पिक हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङस्थित पहाड।
मुस्ताङको थासाङ गाउँपालिका–२ सेकुङ ताल नजिकैको खर्कमा थुप्रिएका चौँरी गाई।
राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकास्थित छाक्ताङ खोलामा निर्माण भएको ८० मिटर लामो मोटरेबल पुल।

सबै तस्बिर : रासस

प्रकाशित: ५ फागुन २०८० १४:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =