एमालेले केन्द्रीय कार्यालय बनाउन प्रत्येक सदस्यबाट १ सय उठाउने

हिमाल प्रेस ५ फागुन २०८० ८:४७
2
SHARE
एमालेले केन्द्रीय कार्यालय बनाउन प्रत्येक सदस्यबाट १ सय उठाउने

काठमाडौँ- नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि हरेक पार्टी सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने भएको छ।

सचिवालय बैठकले यो प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा लैजाने भएको छ। २०७२ बैशाखको भूकम्पले बल्खु मदन नगर स्थित कार्यालय भत्किएपछि एमाले भाडाको घरमा बस्दै आएको छ।

अहिले बसिरहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भवन पनि एमालेले पाँचवर्षका लागि भाडामा लिएको हो । यो घरमा एमालेको मुख्यालय सरेको करिब दुईवर्ष भयो। यसको मासिक भाडा ५ लाख रुपैयाँ रहेको एमाले स्रोतले जानकारी दिएको छ।

यसअघि नै २०७३ साल बल्खुमा अत्याधुनिक भवन बनाउने भन्दै तत्कालिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। शिलान्यास गरेपनि उक्त ठाउँमा पार्टी कार्यालय बनाउन उपयुक्त नभएको धेरैको सुझाव आएपछि रोकिएको एमालेका एक नेताले जानकारी दिए।

केन्द्रीय कमिटी बैठकले नयाँ भवन बल्खुमै बनाउने वा नयाँ ठाउँमा जग्गा खोजेर बनाउने भन्ने पनि बैठकले निर्णय गर्ने ति नेताले जानकारी दिए।

प्रकाशित: ५ फागुन २०८० ८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =