काठमाडौँमा विश्वभरका सामाजिक अभियन्ताको र्‍याली [तस्बिरहरू]

दिपेश श्रेष्ठ ३ फागुन २०८० १३:३२
168
SHARES
काठमाडौँमा विश्वभरका सामाजिक अभियन्ताको र्‍याली [तस्बिरहरू]

काठमाडौँ- विश्व सामाजिक मञ्च उद्घाटनअघि बिहीबार राजधानीमा र्‍याली निकालिएको छ। विश्व सामाजिक मञ्चको इतिहासमा नेपालमा १६ औँ शृंखला आयोजना गरिएको हो। मञ्चको उद्घाटन बिहीबार नै हुँदैछ। अर्को विश्व सम्भव छ भन्ने नाराका साथ यो सम्मेलन नेपालम पहिलोपल्ट हुन लागेको हो।  मञ्चमा सहभागी हुन विश्वभरिबाट करिब ५० हजार सामाजिक अभियन्ता काठमाडौँमा भेला भएका छन्। सम्मेलनमा ९२ देशका १२५२ संस्था सहआयोजकका रूपमा सहभागी भएको आयोजकले जनाएको छ।

तीमध्येबाट झन्डै १५ सयभन्दा बढी संघसंस्था सहभागी भई विभिन्न दुई सयभन्दा बढी ससाना सत्रहरू सञ्चालन हुनेछन्। सम्मेलनमा सामाजिक अभियन्ताहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका नेताकार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधिलगायतले सहभागिता जनाउने आयोजकहरूले जनाएका छन्।

सम्मेलनमा विभिन्न १३ वटा मुद्दामा छलफल हुने आयोजक समितिका सदस्य डा. नेत्र तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार मञ्चमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, प्रवास, जबरजस्ती श्रम, दासत्व र बेचबिखन, जातीय, काम र वंशमा आधारित भेदभाव, जाति, जातीय, आदिवासी जनजाति, छुवाछुत, विभेद र सबै प्रकारका भेदभाव, लिंग, लैंगिकता र पहिचान र लिंग आधारित हिंसा मुद्दामा विभिन्न देशका प्रतिनिधिले छलफल गर्नेछन्।

यसैगरी भूमि, कृषि, कृषि पारिस्थितिकी, खाद्य सम्प्रभुता, ऊर्जा र प्राकृतिक स्रोतहरू, शान्ति, द्वन्द्व, युद्ध, पेसा, विस्थापन, र सुरक्षा, शिक्षा, कला र संस्कृति, सञ्चार, सामाजिक सञ्जाल र मिडिया जस्ता मुद्दामा छलफल हुनेछ।

आयोजकका अनुसार लोकतन्त्र, मानवअधिकार, अधिनायकवाद, कानुन र न्याय, स्वास्थ्य, सामाजिक सुरक्षा र समानता, जलवायु न्याय, पारिस्थितिकी, आवास र दिगो विकास, महिला, बालबालिका, युवा, किशोरकिशोरी, वृद्धवृद्धा र अपांगता भएका व्यक्तिहरू सामाजिक आन्दोलन, नागरिक स्थान र विश्व सामाजिक फोरमको भविष्य, सामाजिक आन्दोलनहरू, नागरिक ठाउँ र विश्व सामाजिक फोरमको भविष्यलगायतका विषयमा छलफल हुनेछ।

प्रकाशित: ३ फागुन २०८० १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =