आईजीपी कुँवरले भने : विमानस्थलमा डीआईजी अर्जुन चन्दले कर्मचारी पुरस्कृत गरेकोबारे छानबिन गर्दैछौँ

हिमाल प्रेस २८ माघ २०८० १३:४४
3.0k
SHARES
आईजीपी कुँवरले भने : विमानस्थलमा डीआईजी अर्जुन चन्दले कर्मचारी पुरस्कृत गरेकोबारे छानबिन गर्दैछौँ फाइल तस्बिर

काठमाडौँ- नेपाल प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवरले विमास्थलमा कार्यरत प्रहरी कर्मचारी पुरस्कृत भएकोबारे छानबिन भइरहेको बताएका छन्। कुँवरले विमानस्थलमा अध्यागमनका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई पुरस्कृत गरेकोबारे छानबिन भइरहेको बताएका हुन्।

राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा कुँवरले भने, ‘केही प्रहरीलाई पुरस्कृत गरेको भन्ने मिडियामा आएको छ। हामी छनबिन गर्दैछौँ।’

कर्मचाहरूसँगको कुटाकुटपछि विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले राजीनामा दिएकोबारे र रितपूर्वक नभएको भन्दै पत्र फिर्ता भएको भनिएकोबारे पूर्वगृहमन्त्री रवि लामिछानेले प्रश्न सोधेपछि आईजीपी कुँवरले यसबारे जवाफ दिएका थिए।

‘विमानस्थलका डीआईजीको राजीनामा आएको हो। तर राजीनामा स्वभाविक रुपमा आएको हो वा होइन भन्ने प्रश्न छ।उहाँ मेरो ब्याचमेट पनि हो। अहिले उहाँ बिदामा हुनुहुन्छ’ कुँवरले भने।
ठकुरीले कारबाहीमा परेका प्रहरीलाई पुरस्कृत गरेका छन्। आईजीपीले भने यसबारे अनुसन्धान भइरहेको बताए।

ठकुरीले सई प्रकाश चौधरी, असई सञ्जय तामाङ र जवान रविजंग गुप्तालाई पुरस्कृत गरेका थिए। चौधरीलाई १२००, तामाङलाई ११०० र गुप्तालाई ८०० रुपैयाँसहित पुरस्कृत गरिएको थियो। पुरस्कारको विवरण अभिलेखमासमेत जनाउन राष्ट्रिय प्रहरी किताब खानामा पठाइएको थियो।

यही माघ १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानमाथि खानतलासी गर्नेक्रममा कुटपिट भएको थियो। मोक्तानले आफू अध्यागमनको अधिकृत भएको र आफूलाई जाँच गर्न नपर्ने बताउँदै जान खोजेपछि प्रहरीले जाँच गर्नै पर्ने बताएका थिए। त्यसपछि मोक्तानले प्रहरीमाथि गालीगरेको प्रहरीको दाबी छ। त्यसपछि कुटपिटको घटना भएको थियो।

गृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको छानबिन समितिले प्रहरीलाई कारबाहीको लागि सिफारिस गरेपछि विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले आपत्ति जनाएका थिए। कडाइका साथ खतलासी गरिरहेका प्रहरीलाई पुरस्कार दिनुपर्नेमा कारबाही गरिएको भन्दै उनले पदबाट राजीनामा पनि दिएका थिए। तर उनका ब्याची तथा आईजीपी बसन्तबहादुर कुँवरले राजीनामा फिर्ता लिन दबाब दिएका थिए। त्यसपछि उनले राजीनामा फिर्ता लिए। अहिले उनी बिदामा छन्।

विमानस्थलमा कर्मचारी प्रहरी कुटपिट प्रकरण : डीआईजी चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा

विमानस्थलमा प्रहरी-कर्मचारी कुटपिट प्रकरण : तीन प्रहरीलाई विमानस्थलबाट हटाइयो

प्रहरी-कर्मचारी कुटपिट प्रकरण : डीएसपीसहित चार प्रहरीलाई विभागीय कारबाहीको तयारी

 

प्रकाशित: २८ माघ २०८० १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + sixteen =