नेपाली बजारमा उलिङको ११ सिटर इभी भ्यान

हिमाल प्रेस २५ माघ २०८० १७:३१
नेपाली बजारमा उलिङको ११ सिटर इभी भ्यान

काठमाडौँ- कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध इभी उत्पादक उलिङ मोटर्स होल्डिङ लिमिटेड बिच नेपालका लागि आधिकारिक वितरकका रुपमा सम्झौता गरेको छ।

उलिङ मोटर्स होल्डिसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको अनुभव छ। उलिङ मोटर्स चाइनामा बहुचर्चित तथा प्रसिद्ध ब्रान्ड हो। यस सम्झौतापछि शशिला मोटर्स् प्रालि उलिङ मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीका लागि एकमात्र आधिकारक वितरकका रूपमा रहनेछ।

उक्त सम्झौतामा शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ मोटर्स होल्डिङ लिमिटेडका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन्।

उलिङ इभी भ्यानका विशेषता

• नेपालकै पहिलो पटक इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख किमिसम्मको वारेन्टी भएको।
• ४१.८७ किवा आवर ब्याट्री।
• कटिङ एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक।
• सिङ्गल चार्जमा ३०० किमि रेन्ज ।
• ११ सिट क्षमताको भएको इभीमा सहज यात्राका लागि आरामदायी सिट।
• ४.९ मिटर लम्बाइ भएकोले पर्याप्त खुला ठाउँसहित उत्कृष्ट आन्तरिक सजावट भएको।

प्रकाशित: २५ माघ २०८० १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =