एसियन कप : इरानमाथि जित निकाल्दै कतार फाइनलमा, उपाधि भिडन्त जोर्डनसँग

हिमाल प्रेस २५ माघ २०८० ७:४३
24
SHARES
एसियन कप : इरानमाथि जित निकाल्दै कतार फाइनलमा, उपाधि भिडन्त जोर्डनसँग

काठमाडौँ। इरानविरुद्ध जित निकाल्दै साविक विजेता कतार एएफसी एसियन कपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार कतारको अल थुमाम रंगशालामा सम्पन्न खेलमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै घरेलु टिमले फाइनल यात्रा तय गरेको हो।

खेलको चौथो मिनेटमा अर्दार अजुमोउनले गोल गर्दै इरानलाई अग्रतामा राखेका थिए। तर, १७औँ मिनेटमा जासिम गाबेर अब्दुलसलामले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काएका थिए।

४३औँ मिनेटमा अक्रम अफिफले गोल गरेपछि कतारले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो।

५१औँ मिनेटमा अलिरेजा जाहानबक्सले पेनाल्टी सदुपयोग गर्दै पुनः इरानलाई खेलमा फर्काएका थिए। तर, खेलको निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा अल्मोइज अली निर्णायक गोल गरेपछि कतार रोमाञ्चक जितसहित लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो।
कतारले जितसँगै अब जोर्डनसँग फाइनल खेल्नेछ। यसअघि नै जोर्डनले दक्षिण कोरियामाथि जित निकाल्दै फाइनल पक्का गरेको छ।

प्रकाशित: २५ माघ २०८० ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =