दक्षिण कोरियालाई स्तब्ध पार्दै जोर्डन एसियन कपको फाइनलमा

हिमाल प्रेस २४ माघ २०८० ८:०४
16
SHARES
दक्षिण कोरियालाई स्तब्ध पार्दै जोर्डन एसियन कपको फाइनलमा

काठमाडौँ- दक्षिण कोरियामाथि सानदार जित निकाल्दै जोर्डन एएफसी एसियन कपको फाइनलमा पुगेको छ।

मंगलबार राति भएको सेमिफाइनलमा दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन फाइनलमा पुगेको हो। कोरियामाथि २–०को अग्रता दिलाउँदै जोर्डनले फाइनल पक्का गरेको हो।

दक्षिण कोरियालाई पराजित गर्न याजन अल नामट र मउसा अल तमारीले गोल गरे।

५३ औं मिनेटमा याजन र ६६ औं मिनेटमा मउसाले गोल गरेका थिए।

पराजित भएसँगै दक्षिण कोरिया सन् १९६० यता एसियन कपको उपाधि जित्ने लक्ष्य यसपटक पनि पूरा हुन सकेन।

जोर्डन पहिलो पटक फाइनल पुगेको हो। जोर्डनले उपाधिका लागि इराक र कतारबीचको खेलको बिजेतासँग खेल्नेछ।

 

प्रकाशित: २४ माघ २०८० ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =