नेपालको अर्थतन्त्र कमजोर छ तर सुधार्न सकिन्छ : वामदेव गौतम

हिमाल प्रेस २४ माघ २०८० १२:४८
4
SHARES
नेपालको अर्थतन्त्र कमजोर छ तर सुधार्न सकिन्छ : वामदेव गौतम वामदेव गौतम। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा सदस्य वामदेव गौतमले वैदेशिक रोजगारीबाट आएको रकमलाई मुलुकको विकासमा खर्च गरिनुपर्ने बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले प्राप्त रकमलाई सरकारले कम्तीमा १० प्रतिशत ब्याज दिने गरी विकास निर्माणमा खर्च गर्नसकिने धारणा राखे।

सांसद गौतमले भने, ‘वैदेशिक रोजगारीबाट प्राप्त रकम जनताको रगत र पसिना हो, त्यो नेपाल सरकारको सम्पत्ति पनि हो। अघिल्लो वर्ष करिब २२ खर्ब रुपैयाँ र यो वर्ष त्योभन्दा पनि बढी हुनसक्छ। त्यसलाई सरकारले नेपाल राष्ट्र बैंक वा कुनै बैंकमा राखेर कम्तीमा १० प्रतिशत ब्याज दिएर राख्नुपर्छ र उनीहरु स्वदेश आएपछि दिनुपर्छ। उक्त रकम सरकारले देश विकास निर्माणमा खर्च गर्नसके मुलुक आत्मनिर्भरको बाटोमा अघि बढ्नेछ।’

नेता गौतमले अहिले कमजोर रूपमा रहेको अर्थतन्त्रलाई सुधारेर मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन जरुरी भएको बताए।

‘अहिले नेपालको अर्थतन्त्र कमजोर अवस्थामा छ, तर यसलाई सुधार गर्न सकिन्छ’, उनले भने, ‘सरकारमा भएकाले मात्रै जिम्मेवारी बहन गर्नुपर्छ भन्ने होइन, सरकार बाहिरका दलको पनि उत्तिकै भूमिका हुन्छ। मुलुकलाई कसरी समृद्ध बनाउने भन्ने सबैको चिन्तन जरुरी छ। यो सरकार मात्रै होइन, नयाँ संविधान जारी भएपछि बनेका कुनै पनि सरकारले यसलाई सुधार गर्ने प्रयास गरेनन्।’

प्रकाशित: २४ माघ २०८० १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =