वामदेव गौतमको सांसद पदको रिट संवैधानिक इजलासबाट सुनुवाइ हुँदै

हिमाल प्रेस १३ वैशाख २०८० १२:५०
4
SHARES
वामदेव गौतमको सांसद पदको रिट संवैधानिक इजलासबाट सुनुवाइ हुँदै फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतको संवैधानिक इजलासमा तत्कालीन नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र जोडिएर बनेको नेकपालाई निर्वाचन आयोगले छुट्याइदिएपछि वामदेवले हालसम्म कतै कित्ताकाट खुलाएका छैनन्।

गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन र उनलाई मन्त्री नबनाइयोस् भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेको हो।

प्रतिनिधिसभामा पराजित गौतम २०७७ भदौमा राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए। निर्वाचनमा पराजित व्यक्तिलाई सोही कार्यकालमा मनोनयन गर्नु कानुनविपरीत हुने दाबीसहित सर्वोच्चमा छुट्टाछुट्टै रिट निवेदन परेका थिए।

प्रकाशित: १३ वैशाख २०८० १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =