उमेर हद हटाएछन्, केपी ओलीले बोलाए एमालेमै फर्किन्छु : वामदेव गौतम

हिमाल प्रेस २४ जेठ २०८० १६:३७
346
SHARES
उमेर हद हटाएछन्, केपी ओलीले बोलाए एमालेमै फर्किन्छु : वामदेव गौतम वामदेव गौतम। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाका सदस्य वामदेव गौतमले आफू नेकपा एमालेमै फर्किन तयार रहेको बताएका छन्। राष्ट्रियसभा परिसरमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै गौतमले एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले बोलाएमा खुसीसाथ फर्किने बताएका हुन्।

एमालेले मंगलबार मात्रै ७० वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेको छ। उनले ७० वर्षे उमेर हद निलम्बन भइरहे फर्किन तयार रहेको बताए। ‘उमेर हद हटाइएको यही अवस्थामा हामी एमालेमा जान्छौँ। म मेरा साथीहरूसहित एमालेमा फर्किन्छु। उहाँहरूले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनुभएको हो,’एमालेमा अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्। मेरो प्रस्ताव उमेर हद हट्नैपर्छ भन्ने थियो।’

उमेरकै कारण कसैलाई विभेद गर्न नपाइने उनको तर्क छ। उनले भने, ‘मलाई आउनुस् तपाईं पनि बाटो खुल्यो भनेछन् भने म एमालेमा फर्किन्छु।’

उनले आफू एमाले नरहेको तर एमालेको सदस्यता यथावत् रहेको दाबी गरे। ‘पार्टी जोसँग उहाँले मलाई आइज भन्ने हो। मेरो सदस्यता अझै पनि त्यहीँ छ, अझै पनि त्यसको माया छ’, उनले भने, ‘मैले बनाएको पार्टी पूर्ण कम्युनिस्ट भइसकेको छैन। मलाई एमालेबाट हटाइसकेको छैन। मेरो सदस्यता अझै पनि एमालेमै छ। पोहोरसम्म सदस्यता शुल्क तिरिसकेको थियो।’

उनले यो वर्ष पनि सदस्यता नवीकरणका लागि श्रीमतीलाई पठाउने बताए। ‘म आफू त जाने कुरा भएन ‘मेरो पनि सदस्यता नवीकरण गर्न म उनलाई (श्रीमती तुलसा थापा) पठाउँछु। सदस्यता नवीकरण गर्छु’, उनले भने,‘वामदेवलाई पनि अटाउन ७० वर्षे हटाइएको भनेको हो भने म त्यहँ योगदान दिन जान्छु।’

उनले अब आफूलाई एमालेको अध्यक्ष वा महासचिव बन्ने रहर नरहेको पनि बताए। ‘वामदेव गौतम अब एमालेको अध्यक्ष र महासचिव हुनु छैन। म त्यहाँ योगदान गर्न जाने हो। मैले मेरो अनुभव बताउन जाने हो,’ उनले भने, ‘मैले काम गर्ने ठाउँ चाहिन्छ, क्षेत्र चाहिन्छ। बसेर बोलिरहने ठाउँ चाहियो। पण्डित नै भएर पनि म एमालेमा काम गर्न सक्छु। मेरो व्यवस्थापन भएमा म जान तयार छु। ७० वर्षे उमेर हद हटाउनुभयो भने म प्रवेश गर्छु।’

 

 

 

 

प्रकाशित: २४ जेठ २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 18 =