‘भ्यालेन्टाइन’ सप्ताह सुरु, आज ‘रोज डे’

हिमाल प्रेस २४ माघ २०८० ९:५९
12
SHARES
‘भ्यालेन्टाइन’ सप्ताह सुरु, आज ‘रोज डे’

काठमाडौँ- ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस सप्ताह आजबाट सुरु भएको छ। प्रत्येक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने भ्यालेन्टाइन डे सप्ताह १४ फेब्रुअरीसम्म मनाइन्छ।

भ्यालेन्टाइन डे सप्ताहको पहिलो दिन आज अर्थात् फेब्रुअरी ७ लाई ‘रोज डे’ को रूपमा मनाइन्छ।

आजको दिनमा आफ्नो प्रिय व्यक्तिलाई रातो गुलाफको फूल उपहार स्वरूप प्रदान गरेर एक अर्काप्रतिको सम्मान र मायालाई दर्शाउने गरिन्छ।

‘भ्यालेन्टाइन डे’ अन्तर्गत फेब्रुअरी ७ मा ‘रोज डे’, फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा ‘चकलेट डे’, फेब्रुअरी १० मा ‘टेडी डे’, फेब्रुअरी ११ मा ‘प्रमिस डे’, फेब्रुअरी १२ मा ‘हग डे’, फेब्रुअरी १३ मा ‘किस डे’, फेब्रुअरी १४ मा ‘भ्यालेन्टाइन डे’ पर्छ।

प्रकाशित: २४ माघ २०८० ९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 8 =