प्रणय दिवसमा ‘कवितासँग वसन्त’ प्रस्तुत हुने

हिमाल प्रेस २५ माघ २०७९ १५:१८
8
SHARES
प्रणय दिवसमा ‘कवितासँग वसन्त’ प्रस्तुत हुने

काठमाडौँ– भ्यालेन्टाइन डे (प्रणय दिवस)को दिन कवि तथा गीतकार वसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम हुने भएको छ। ‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ।

फागुन २ गते दिउँसो ३ : ४५ बजेदेखि मण्डला थिएटरमा चौधरीको कवितावाचन सुरु हुनेछ। कार्यक्रममा चौधरीले एक दर्जन बढी कविता प्रस्तुत गर्नेछन्। सोही कार्यक्रममा चौधरीका दुई नयाँ पुस्तक सार्वजनिक हुनेछन्। गीति संग्रह ‘मेरा गीत’ सुक्ति संग्रह ‘जीवनमन्त्र-२’ विमोचन गरिने बताइएको छ।

नेपालीका साथै हिन्दी भाषामासमेत चौधरीका सिर्जना सार्वजनिक भइसकेका छन्। केही समयअघि उनको ८५ वटा कविता समेटिएको संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो। यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन्।

त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो। ‘मेघा’देखि ‘तिमीबिनाको म’सम्म उनका एक दर्जन कृति प्रकाशित छन्।

प्रकाशित: २५ माघ २०७९ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =