चितवनमा ११ गैँडा मृत भेटिए

हिमाल प्रेस २३ माघ २०८० १४:५७
32
SHARES
चितवनमा ११ गैँडा मृत भेटिए फाइल तस्बिर

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा ११ वटा गैँडा मृत भेटिएका छन्। मृत भेटिएकामध्ये दुईवटा चोरी सिकारीले मारेका र नौवटा प्राकृतिक कारणले मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

उनका अनुसार प्राकृतिक कारणले मर्नेमा दलदलमा फसेर, बिरामी भएर,जुधेर, बाघको आक्रमणमा परेर र बुढो भएर मरेका थिए।

सोमबार पश्चिम चितवनको राप्ती नदी किनारमा मृत भेटिएको भाले गैँडा बुढो भएर मरेको र अन्दाजी ३० वर्षको सो गैँडाको खाग, खुर सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए।

प्रकाशित: २३ माघ २०८० १४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =