कुवेतमा एपमार्फत पार्टटाइम श्रम स्वीकृतिको व्यवस्था

हिमाल प्रेस २३ माघ २०८० १०:५०
10
SHARES
कुवेतमा एपमार्फत पार्टटाइम श्रम स्वीकृतिको व्यवस्था

काठमाडौँ- कुवेतले ‘साहेल’ एपमार्फत पार्टटाइम श्रम स्वीकृतिका लागि शुल्क तोकिएको छ। साहेल एपमार्फत पार्टटाइम कार्य अनुमति प्राप्त गर्न सेवा सुरु गरेको अल–सेयसाह दैनिकमा समाचारमा उल्लेख छ।

रोजगारदाताहरूको लागि जनशक्ति पूरा गर्न र जनसांख्यिकीय असन्तुलनको समस्यालाई मध्यनजर गर्दै यहाँ कार्यरत रहेका कामदारहरूबाट लाभान्वित हुने प्रक्रियालाई सहज बनाउन, श्रम बजारलाई व्यवस्थितका लागि पार्टटाइम कामको अनुमति दिन लागिएको हो।

पार्टटाइम कामका लागि अनुमति प्राप्त गर्न आफूले काम गरिरहेको कम्पनीको रोजगारदाताबाट स्वीकृति लिनुपर्ने, अनुबन्ध क्षेत्रबाहेक बढीमा चार घण्टामात्र काम गर्न पाइने, सम्बन्धित शुल्कको भुक्तानी- एक महिनाका लागि ५ केडी, तीन महिनाका लागि १० केडी, ६ महिनाका लागि २० केडी र एक वर्षका लागि ३० केडी शुल्क लाग्ने बताइएको छ।

प्रतिस्पर्धात्मकताको सुरक्षासम्बन्धी कानूनअनुसार मूल रोजगारदाताको स्वीकृति लिएर पार्टटाइम कामका लागि आवेदन दिने व्यवस्था गरिएको छ।

प्रकाशित: २३ माघ २०८० १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =