पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन

हिमाल प्रेस २३ माघ २०८० ७:४८
36
SHARES
पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन

इटहरी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ।

प्रोस्टेट क्यान्सर रोगबाट पीडित उनको उपचारको क्रममा सोमबार राति ११ः३० बजे विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको हो ।

कांग्रेस झापा जिल्ला सचिव कृष्ण हुमागाईँले बुढाथोकीको निधन भएको पुष्टि गरे। बुढाथोकीकको पार्थिव शरीरलाई आज झापाको अर्जुनधारा ८ स्थित निजी निवासमा ल्याएर श्रद्धाञ्जली दिने कार्यक्रम रहेको र २ बजेपछि अन्त्यष्टि गरिने उनले बताए।

हुमागाईँले भने, ‘हामी पारिवारिक निवासमा जाँदैछौँ, परिवारसँग सल्लाह गरेर दिउँसो २ बजेपछि अन्त्यष्टि हुनेछ ।’

बुढाथोकी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लोपटक सामान्य प्रशासन मन्त्री भएका थिए। उनी करिब ४ वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए।

लामो समय भारतमा उपचार गराएका बुढाथोकीलाई एक साता अघिदेखि थप समस्या उत्पन्न भएपछि विराटनगरस्थि नर्सिङ होममा अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित: २३ माघ २०८० ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =