माओवादीको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २३ माघ २०८० ६:५४
8
SHARES
माओवादीको संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।

हिजो बसेको बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए।

संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामती कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरूलाई अध्यक्ष प्रचण्डले निर्देशन दिएका थिए ।

बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्नेछ ।

प्रकाशित: २३ माघ २०८० ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =