यी शिक्षकहरूकाे बढुवा सिफारिस [नामसहित]

हिमाल प्रेस २२ माघ २०८० ११:१४
16.9k
SHARES
यी शिक्षकहरूकाे बढुवा सिफारिस [नामसहित] प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय सुदूरपश्चिमले कार्यसम्पादन मूल्यांकनको आधारमा शिक्षकहरूको बढुवा सिफारिस गरेको छ।

बढुवाको लागि निवेदन पर्न आएका उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधनसहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने सुदूरपश्चिम प्रदेशअन्तर्गत जिल्लाका प्राथमिक, निम्म माध्यमिक, माध्यमिक तहका शिक्षकको बढुवा गरिएको हो।

बढुवाउपर चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उजुरी दिन सकिने जनाइएको छ।

माध्यमिक तह द्वितीय र निम्न माध्यमिक तह प्रथम श्रेणीको ६०० रुपैयाँ, निम्न माध्यमिक तह द्वितीय श्रेणी र प्राथमिक प्रथमको ५०० र प्राथमिक तह द्वितीयको ३५० रुपैयाँ निर्देशनालयको कार्यालय कोड ३५००१७१०१७, तोकेको राजस्व खाता नं १०००१००२०००१०००० र राजस्व शीर्षक १४२२४ मा जम्मा गरी निर्देशनालयमा उजुरी दिन सकिने जनाइएको छ।

प्राथमिक तह डोटी, (द्वितीय) कैलाली,(द्वितीय) दार्चुला, (द्वितीय) बझाङ, (प्रथम) बैतडी, (द्वितीय) डोटी (प्रथम) डडेल्धुरा, (द्वितीय) अछाम, (प्रथम) कैलाली (प्रथम) कञ्चनपुर (प्रथम) बाजुरा (द्वितीय) र माध्यमिकमा बझाङ (द्वितीय), डोटी (द्वितीय), कैलाली (द्वितीय), बैतडी (द्वितीय), डडेल्धुरा (द्वितीय), कञ्चनपुर (द्वितीय) मा शिक्षककाे नामावली रहेकाे छ।

 

प्रकाशित: २२ माघ २०८० ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =