नेपाली प्रतिनिधिमण्डलको टोलीले गर्‍यो वाङ्खडे क्रिकेट रंगशालाको भ्रमण

हिमाल प्रेस २१ माघ २०८० २१:१८
22
SHARES
नेपाली प्रतिनिधिमण्डलको टोलीले गर्‍यो वाङ्खडे क्रिकेट रंगशालाको भ्रमण

काठमाडौँ- भारत भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको प्रतिनिधिमण्डलले आइतबार मुम्बईस्थित वाङ्खडे क्रिकेट रंगशाला भ्रमण गरेको छ। भ्रमण समिति सभापति राजकिशोर यादवको नेतृत्वमा भइरहेको हो।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपाल भ्रमणमा आउँदा नेपाली क्रिकेट टिमलाई भारतीय भूमिमा ‘होम ग्राउण्ड’ दिने प्रस्ताव गरेका थिए। सोहीअनुसार भारतको संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा यो भ्रमण भएको हो।

यसअघि भ्रमण टोलीले गोवाका पर्यटनमन्त्री रोहन खाउँटेसँग भेटवार्ता गरेको थियो। टोलीले शुक्रबार भारतका विदेशमामिला मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको थियो।

भ्रमण टोलीमा सभापति यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी छन्।

प्रकाशित: २१ माघ २०८० २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =