सोमबारसम्मका लागि सर्‍यो माओवादी संसदीय दलको बैठक

हिमाल प्रेस २१ माघ २०८० ११:२८
8
SHARES
सोमबारसम्मका लागि सर्‍यो माओवादी संसदीय दलको बैठक

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको सरेको छ।

आज बिहान ८ बजे बस्ने भनिएको बैठक भोलि बिहानलाई सारिएको हो।

बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

उनका अनुसार सांसदहरू जिल्ला बाहिर भएको र आउनेक्रम जारी रहेकोले बैठक भोलिका लागि सारिएको बताए।

बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिनेछ।

भोलि दिउँसो संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ।

प्रकाशित: २१ माघ २०८० ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =