हिउँदे अधिवेशनको तयारीका लागि एमाले संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २० माघ २०८० ७:२७
6
SHARES
हिउँदे अधिवेशनको तयारीका लागि एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ। एमाले सचेतक महेश बर्तौलाका अनुसार बैठक आज र भोलि दुई दिन बस्नेछ।

मध्याह्न १२ बजे सुरु हुने बैठकमा आगामी संसद्‌मा खेल्ने भूमिकाबारे वृहत छलफल हुने उनले जानकारी दिए।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते दिउँसो ४ बजेका लागि आह्वान भएको छ। त्यसअघि एमालेको बैठक बस्न लागेको हो।

 

प्रकाशित: २० माघ २०८० ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =