एमालेले पनि बोलायो संसदीय दलको बैठक

हिमाल प्रेस १९ माघ २०८० ११:०७
6
SHARES
एमालेले पनि बोलायो संसदीय दलको बैठक एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ- नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बैठक भोलि शनिबार र आइतबार दुई दिन मध्याह्न १२ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको हो।

नेकपा एमालेका सचेतक महेश बर्तौलाका अनुसार संसदीय दलको बैठकमा सोमबादेखि सुरु हुने संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ।

संसद् बैठकबारे आज नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि संसदीय दलको बैठकमा छलफल गर्दैछन्।

प्रकाशित: १९ माघ २०८० ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =