शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन सकिने [सूचनासहित]

हिमाल प्रेस १८ माघ २०८० १२:२८
128
SHARES
शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन सकिने [सूचनासहित]

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन आग्रह गरेको छ। बोर्डले सूचना जारी गर्दै एसएलसी, एसईई वा कक्षा १२ को शैक्षिक योग्यताका प्रमाणपत्रमा उमेर नाम वा जात गलत भए सच्याउने अवसर दिएको हो।

बोर्डले जारी गरेको सूचनामा भनिएको छ, ‘२०७५ सालपूर्व जारी भएका प्रमाणपत्रमा नाम, थर र नाम थरका हिज्जे संशोधन गर्नुपर्ने भएका सोही उमेर, नाम र जात सच्याउने नियमहरू, २०१७ को तेस्रो संशोधन, २०८० को नियम ६ को उपनियम (३) बमोजिम निवेदन दिन सकिने व्यहोरा समेत सूचित गरिन्छ।’

 

प्रकाशित: १८ माघ २०८० १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =