कर्णालीमा हिमपात [तस्बिरहरू]

हिमाल प्रेस १८ माघ २०८० ११:५८
10
SHARES
कर्णालीमा हिमपात [तस्बिरहरू]

सुर्खेत- कर्णाली प्रदेशको हिमाली जिल्लामा हिमपात भएको छ। आज बिहान हुम्ला, जुम्ला, डोल्पा, मुगु लगायतका जिल्लामा हिमपात भएको हो।

हिमपातले हिमाली जिल्लाका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ। लामो समय हिउँ नपरेपछि जाडो महशुस नगरेका स्थानीयलाई बिहानै बाट परेको हिमपातका कारण अत्याधिक जाडो बढेर जिल्लाको जनजीवन निकै प्रभावित भएको छ।

लामो समय देखि पानी नपरेको हिमाली जिल्लामा झण्डै एक फिट हिउँ जमेको स्थानीय बासिन्दा भीमबहादुर परियारले जानकारी दिए। हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका वस्तीहरुमा अत्याधिक जाडो निकै बढेको उनले बताए।

बिहानैदेखि मौषममा आएको बदलीका कारण कर्णालीका मुगु, जुम्ला, डोल्पा र कालीकोट जिल्लाहरुमा हिमपात सुरु भएको छ भने दक्षिण क्षेत्रमा वर्षा सुरु भएको छ।

प्रकाशित: १८ माघ २०८० ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =