सूर्य नेपाल इस्टर्न ओपनमा प्रोएमको उपाधि शुक्रको टिमलाई

हिमाल प्रेस १४ माघ २०८० १६:०९
सूर्य नेपाल इस्टर्न ओपनमा  प्रोएमको उपाधि शुक्रको टिमलाई

धरान- नेपाल नम्बर १ प्रो शुक्रबहादुर राई र उनको टिमले धरान गल्फ क्लबमा भएको सूर्य नेपाल इस्टर्न ओपन प्रो-एमको उपाधि जितेको छ। विजेता टिममा एमेच्योर गल्फरहरू लेफ्टिनेन्ट कर्नेल दिनेश बानियाँ, मिलन याखा र कवि थापासँग शुक्र ड्रमा परेका हुन। दिनेशले ४०, तथा मिलन र कविले ३९ अंकसहित कुल ११८ को स्कोरमा यो टिमले पहिलो स्थान हात पारेको हो।

प्रो राजेन राई र एमेच्योर श्याम तामाङ, दिवस तुलाधर र सुनिल कार्कीले कुल ११० अंकका साथ दोस्रो स्थान हात पारे। श्यामले ३९, दिवसले ३६ र सुनिलले ब्याकमा ३५ अंक जोडे। प्रो भुवन नगरकोटी तथा एमेच्योर अर्जुन सुनुवार, भटराज गुरुङ र युवराज तामाङ तेस्रो भए। तेस्रो हुने टिमले कुल १०५ अंक बनाएको थियो। एक सय ५ अंक जोड्ने क्रममा तीनैजना एमरच्योर गल्फरले समान ३५र३५ अंक जोडे।

महिलातर्फ सुष्मा सिंहले ३४ अंक जोडेर उत्कृष्ट व्यक्तिगत अवार्ड हात पारिन्। लङगेस्ट ड्राइभको उपाधि प्राकृत तामाङ र क्लोजेस्ट टु दी पिनको उपाधि मेजर आदित्यप्रताप सिंहले प्राप्त गरे।

शुक्रबार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनका शीर्ष ६ प्रो गल्फरलाई ड्रमा राखिएको थियो। नेपाल नम्बर १ प्रो शुक्रले शीर्ष तीन टोलीका लागि चिठ्ठा निकालेका थिए। एमेच्योरतर्फ तीन उत्कृष्ट स्कोर गरेका गल्फर पहिलो हुने टोलीमा थिए। यस्तै चौथो, पाँचौँ र छैटौँ एमेच्योर उपविजेता टोलीमा हुँदा तेस्रो हुने टिममा सातौँ, आठौँ र नवौँ स्थानमा रहेका एमेच्योर गल्फरहरू थिए।
प्रतियोगितामा कुल ८० एमेच्योर र १६ प्रोको सहभागिता थियो। विजेताहरुलाई मेजर जनरल आशबहादुर तामाङ, डीआईजी चन्द्रकुमार खापुङ, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयश प्याकुरेल, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा र धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बुले पुरस्कार वितरण गरे।
नेपाल नम्बर एक प्रो शुक्रले ५४ होलको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका थिए। उनले समग्रमा ३-अन्डर २ सय ७ को स्कोर खडा गरेका थिए। धरानकै निरज तामाङले समग्रमा २-ओभर २ सय १२ को स्कोरमा दोस्रो र भुवन नगरकोटी ३-ओभर २ सय १३ को नतिजामा तेस्रो स्थान प्राप्त गरेका थिए। सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनमा कुल ३० प्रो र १७ एमेच्योर गल्फरको सहभागीता रहेको थियो।

प्रकाशित: १४ माघ २०८० १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =