बौद्धबाट सवा ३० लाख रुपैयाँसहित दुईजना पक्राउ​

हिमाल प्रेस १२ माघ २०८० १६:२६
54
SHARES
बौद्धबाट सवा ३० लाख रुपैयाँसहित दुईजना पक्राउ​

काठमाडौँ- ३० लाख २५ हजार नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका छन्। उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार उनीहरूलाई काठमाडौं महानगरपालिका ६ बौद्धबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा काठमाडौं अनामनगरका ५० वर्षीय युवराज प्रसाईं र धरान उपमहानरपालिका १९ का ३० वर्षीय विश्वास राई छन्। प्रहरीले उनीहरूको घरबाट २ वटा ल्यापटप र ५ वटा मोबाइलसमेत बरामद गरेको छ।

प्रकाशित: १२ माघ २०८० १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =