राष्ट्रियसभा सदस्य निर्वाचन : बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

हिमाल प्रेस ११ माघ २०८० २०:२५
4
SHARES
राष्ट्रियसभा सदस्य निर्वाचन : बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

मकवानपुर- बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

आज (बिहीबार) सम्पन्न मतगणनामा महिला समूहबाट सत्तागठबन्धनका उम्मेदवार कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भइन्। उनले ६ हजार ६२२ मतभार प्राप्त गर्दा नेकपा (एमाले)की उम्मेदवार रोचकुमारी चौलागाईंले २ हजार ५५२ मतभार प्राप्त गरे।

यसै गरी, दलिततर्फ नेकपा (एकीकृत समाजवादी)का धनश्याम रिजाल विश्वकर्मा विजयी भए। उनले ६ हजार ५१२ मतभारत प्राप्त गर्दा नेकपा (एमाले)का ध्रुवराज विश्वकर्माले ३ हजार ५३ मत भार प्राप्त गरे।

यसै गरी, अन्यतर्फ कांग्रेसका जितजंग बस्नेतले ६ हजार ५३१ मतभारत प्राप्त गरी विजयी हुँदा गर्दा नेकपा (एमाले)का त्रिलोचन निर्मल पौडेलले २ हजार ३५९ मतभार प्राप्त गरे। साथै अपा‌ंगतातर्फ नेकपा (माओवादी केन्द्र)का श्रीकृष्ण अधिकारीले ६ हजार ४३६ मतभार प्राप्त गर्दा नेकपा (एमाले)का विवेक देवकोटाले २ हजार ७३४ मतभार प्राप्त गरे।

मतदान प्रक्रियामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष  गरी ३४२ जनाले सहभागिता जनाए। ३४७ जना मतदाता रहेको बागमतीमा प्रदेशसभाका दुई र स्थानीय तहका तीन जना गरी पाँच जना प्रतिनिधिले भने सहभागिता जनाएनन्।

प्रकाशित: ११ माघ २०८० २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =