ईसेवाको १५ वर्ष स् यस्ता छन् १५ दिनका लागि १५ अफर

हिमाल प्रेस ११ माघ २०८० १७:०५
ईसेवाको १५ वर्ष स् यस्ता छन् १५ दिनका लागि १५ अफर

काठमाडौँ- ईसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवका अवसरमा १५ वटा विभिन्न अफर सार्बजनिक गरेको छ। यो अफर माघ ११ ९जनवरी २५० देखि माघ २५ ९फेब्रुअरी ८० सञ्चालनमा रहनेछ। अफर अन्तरगत ईसेवामार्फत कुनै पनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन्।

यसैगरी एयरलाइन्स् टिकट काट्ने १५ जनाले मात्र रु १५ सय १५ मा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् यस्तै ईसेवा केयर खरिद गर्ने मध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् भने होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउन सकिनेछ।

यस्तै मोबाइल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतका दरले १५० रुपैयाँसम्मको क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले पाँच हजारसम्मको क्यासब्याक पाउन सक्नेछन्। ईसेवाले यी लगायत विभिन्न अफरहरू सार्वजनिक गरेको छ।

ईसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका करिब चार लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकमा आभार व्यक्त गरेको छ।

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ईसेवा १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा सबै सरोकारवाला र शुभचिन्तकप्रति आभार व्यक्त गरेको हो।

नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्दै लाइनबाट अनलाइन भुक्तानी गर्ने प्रणालीको विकास गर्न ईसेवाले महत्त्वपूर्ण योगदान पुर्‍याउन सफल भएको ईसेवाले जनाएको छ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, ‘हामीलाई यो अवस्थामा आउन सहयोग गर्नुहुने आमईसेवा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, पाटनर्स बैंक, नियामक निकाय, कर्मचारी साथी,प्रेस र सम्पूर्ण शुभचिन्तकलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। हामीले आगामी दिनमा ईसेवाको मोबाईल एप्स्लाई आममानिसको हरेक क्रियाकलापमा साथ दिएर सुपर एप्स्को रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ, मलाई आशा छ डिजिटल नेपालको यो यात्रामा आमनेपालीले साथ दिनुहुनेछ।’

१५ वर्षको अवधिमा ईसेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको जनाइएको छ। यसैगरी परोक्ष रूपमा करिब दुई करोड जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् । हाल देशभर करिब २ लाख ३० हजारको संख्यामा ईसेवा एजेन्ट छन्। ईसेवाले केन्द्रीय कार्यालयसहित सातै प्रदेशबाट सेवा दिइरहेको छ।

प्रकाशित: ११ माघ २०८० १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =