राष्ट्रियसभा निर्वाचनमा ९९.३२ प्रतिशत मत खस्यो

हिमाल प्रेस ११ माघ २०८० १६:२३
6
SHARES
राष्ट्रियसभा निर्वाचनमा ९९.३२ प्रतिशत मत खस्यो

काठमाडौँ- राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा ९९.३२ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रियसभामा फागुन २० पछि रिक्त हुने २० मध्ये १९ पदका लागि बिहीबार भएको निर्वाचनमा ९९.३२ प्रतिशत मत खसेको हो।

पौडेलले आजै साँझसम्म मत परिणाम पनि आउनेछ। आज सातै प्रदेशमा मतदान भएको थियो। राष्ट्रियसभा सदस्य चुन्नका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख/उपप्रमुखले मतदान गर्न पाउने कानुनी व्यवस्था छ। बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान भएको थियो।

राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलले साझा उम्मेदवार तय गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोशीबाहेकको प्रदेशमा एक्लै प्रतिस्पर्धामा उत्रिएको छ।  कोशीमा एमालेले राप्रपासँग गठबन्धन गरेको छ।

प्रकाशित: ११ माघ २०८० १६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 19 =