नक्कली परीक्षार्थी पक्राउ

हिमाल प्रेस ११ माघ २०८० ७:२४
6
SHARES
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधिमूलक तस्बिर।

तनहुँ- तनहुँबाट  नक्कली परीक्षार्थीलाई बुधबार पक्राउ गरेको छ। बन्दीपुर गाउँपालिका–४ विमल नगरस्थित यातायात व्यवस्था कार्यालय तनहुँले मोटरसाइकलको प्रयोगात्मक परीक्षा दिनेलाई पक्राउ गरेको हो।

भानु नगरपालिका–४ बस्ने ३५ वर्षीय सुरेश थापा मगरको नाममा परीक्षा दिने सोही ठाउँका ३० वर्षीय पूर्ण थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

किर्ते सही छाप गरी प्रयोगात्मक परीक्षामा सहभागी भएको अवस्थामा भेटिएपछि प्रहरीले पक्राउ गरेको हो। किर्ते कसुरमा तनहुँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ माघ २०८० ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + three =