यस्ता छन् सरकारका तीन निर्णय

हिमाल प्रेस ९ माघ २०८० १७:२४
16
SHARES
यस्ता छन् सरकारका तीन निर्णय फाइल तस्बिर

काठमाडौँ- सरकारले जापानले प्रदान गर्ने करिब ३१ अर्ब दुई करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै आजको बैठकले राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार डा.असिम भण्डारीलाई एन्टिडोपिङ एजेन्सीको संयोजकमा मनोनयन गर्ने निर्णय गरेको छ।

साथै बैठकले माघ २२ गते संसद्‌को हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकका तीन निर्णय

१) जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ३९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने।

२) राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने।

३) २०८० माघ २२ गते ४ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

प्रकाशित: ९ माघ २०८० १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 12 =