एकीकृत समाजवादीको एकबर्से आम्दानी ८ करोड ४ लाख

हिमाल प्रेस ७ माघ २०८० ७:४०
2
SHARE
एकीकृत समाजवादीको एकबर्से आम्दानी ८ करोड ४ लाख फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ। लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा आठ करोड चार लाख ५६ हजार सात सय नौ भएको छ।

पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ।

सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार आठ सय ९८ रकम बचत भएको छ। चालु आवको बचत र अघिल्लो वर्षको बचत मौज्दातसहित पार्टीमा हाल एक करोड ३२ लाख ४८ हजार सात सय ५६ रकम बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ।

पार्टीको चालु आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्चसमेत समेटिएको लेखाप्रमुख पौडेलले जानकारी दिए।

प्रकाशित: ७ माघ २०८० ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =