अदालतले न्याय दिएन : महन्थ ठाकुर

हिमाल प्रेस ६ माघ २०८० ७:१६
28
SHARES
अदालतले न्याय दिएन : महन्थ ठाकुर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अहिले पनि राज्यले मधेसी समुदायमाथि विभेद गरिरहेको बताएका छन् ।

१७ औ बलिदानी दिवसका अवसरमा लोपसाको लोकतान्त्रिक बुद्धिजीवी संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले भेषभुषा र भाषाका आधारमा राज्यले मधेसी समुदायमाथि विभेद गरिरहेको बताएका हुन्।

उनले संविधानमा उल्लेख अधिकारलाई प्रयोग गर्दा पनि प्रशासनले मधेसी समुदायमाथि दमन गर्ने गरेको जिकिर गरे ।

अध्यक्ष ठाकुरले धेरै जनसंख्या भएको मधेशमा कम बजेट विनियोजन गरेको धारणा राखे । उनले मधेसी समुदायको हक अधिकार स्थापित गर्नका लागि आन्दोलन निरन्तर रहेको उल्लेख गरे । २०६३ माघ ५ गते प्रथम मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए ।

त्यसैको सम्झनामा मधेस केन्द्रित दल र मधेश प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ ।

प्रकाशित: ६ माघ २०८० ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =