राष्ट्रियसभा निर्वाचन : ६ हजार ९१० मतपत्र छापियो

हिमाल प्रेस ५ माघ २०८० १४:०४
6
SHARES
राष्ट्रियसभा निर्वाचन : ६ हजार ९१० मतपत्र छापियो

काठमाडौँ- राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुर्‍याइसकेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइएको बताए। प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको मतपत्र तयार पारिएको छ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको मतपत्र छ।

कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२०, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४०, बागमती प्रदेशमा चार पदका लागि आठ प्रकारका एक हजार ७६० मतपत्र पठाइएको पन्थीले बताए। गण्डकी प्रदेशमा तीन पदका लागि हुने निर्वाचनका लागि ६ प्रकारका ९०० मतपत्र, लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र पठाइएको छ।

कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र पठाइएको छ।

१९ राष्ट्रियसभा सदस्य पदका लागि माघ ११ गते मतदान हुँदैछ। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। त्यसका लागि ३८ प्रकारका कुल ६ हजार ९१० मतपत्र पठाइएको आयोगले जनाएको छ। राष्ट्रियसभा अध्यक्षसहित २० सदस्यको पद फागुन २० गतेदेखि सकिँदैछ। उक्त रिक्त हुने पद पूर्तिका लागि संवैधानिक व्यवस्थाअनुसार ३५ दिनअघि नै निर्वाचन हुन लागेको हो।

प्रकाशित: ५ माघ २०८० १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 1 =