राष्ट्रियसभा निर्वाचनबारे सरकारलाई आयोगको नौ बुँदे निर्देशन

हिमाल प्रेस ३ माघ २०८० १५:५१
4
SHARES
राष्ट्रियसभा निर्वाचनबारे सरकारलाई आयोगको नौ बुँदे निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्थाका लागि सरकारलाई निर्देशन दिएको छ। निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर जबराको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो।

निर्वाचनको व्यवस्थापनलाई व्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उमेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदानस्थललगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीहरू मध्यनजर गर्न निर्देशन दिइएको हो।

आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार नौ बुँदे निर्देशन दिइएको छ। माघ ११ गते राष्ट्रियसभा सदस्यका १९ पदका लागि निर्वाचन हुनेछ। निर्वाचनका लागि सत्ता गठबन्धनले साझा उम्मेदवार खडा गरेका छन्।

प्रकाशित: ३ माघ २०८० १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =