सुर्खेतमा एक युवक मृत फेला

हिमाल प्रेस २ माघ २०८० १६:४०
14
SHARES
सुर्खेतमा एक युवक मृत फेला

सुर्खेत- सुर्खेतको पञ्चपुरीमा एक युवक मृत भेटिएका छन्। पञ्चपुरी नगरपालिका–६ को कुवापानीमा सोही ठाउँका १८ वर्षीय भरत बुढा मृत अवस्थामा फेला परेका हुन्। सोमबार राति १ बजेको समयमा बुढा घरभन्दा केही मिटर टाढा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काले जानकारी दिए।

बुढाको शरीरमा चोट लागेको देखिएको उनले बताए। हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरीक्षक योगेन्द्रसिँह थापाको टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोली खटिएको छ।

घटना शंकास्पद रहेको निरीक्षक खड्को भनाइ छ। ‘घटनास्थलको प्रकृति हेर्दा र चोट पटक लागेको देख्दा घटना शंकास्पद छ। घटनाको अनुसन्धानका लागि कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितको टोली ल्याइएको छ,’ निरीक्षक खड्काले बताए।

प्रकाशित: २ माघ २०८० १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =