सीसीए बन्यो नेपालमा पहिलो आईएसओ पाउने एसीसीए कलेज

हिमाल प्रेस २९ पुष २०८० १५:२७
118
SHARES
सीसीए बन्यो नेपालमा पहिलो आईएसओ पाउने एसीसीए कलेज

काठमाडौँ– सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए)ले नेपालमै पहिलो पटक आईएसओ सर्टिफिकेट पाएको छ। कलेजको उत्कृष्ट शिक्षा, व्यावहारिक पठनपाठन तथा विद्यार्थीको उत्कृष्ट नतिजाका कारण सीसीएले आईएसओ ९००१ः२०१५ सर्टिफिकेट पाउने पहिलो एसीसीए कलेज बनेको हो। सीसीएले उपयुक्त वातावरण र पूर्वाधारका साथ नेपालमा गुणस्तरीय एसीसीए शिक्षा प्रदान गर्दै आइरहेको छ।

गुणस्तरीय व्यवस्थापन र सञ्चालक कम्पनीलाई दिइने आईएसओ विश्वभर मान्यता प्राप्त गुणस्तरीय मापदण्डको सूचक हो। आईएसओ प्रक्रिया कलेजको सम्पूर्ण वातावरण, पूर्वाधार, शिक्षण विधि, विद्यार्थी सहयोग कक्ष र समग्र व्यवस्थापनमा केन्द्रित हुन्छ।

सीसीए कलेजका निर्देशक मनिष शर्माले नेपालमा पहिलोपटक आईएसओ मान्यता पाउने कलेज बनेकाले सीसीए गुणस्तरीय शिक्षामा अब्बल रहेको प्रमाणित भएको बताए। उनले भने, ‘यो हासिलले हामी सबै कोणबाट उत्कृष्ट रहेको र शिक्षाको लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको भन्ने उदाहरण हो।’

प्रकाशित: २९ पुष २०८० १५:२७

प्रतिक्रिया

One thought on “सीसीए बन्यो नेपालमा पहिलो आईएसओ पाउने एसीसीए कलेज

  1. The quality and the aspirations where we can get ,
    Best tutor and humble adminstration ever seen in CCA

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =