नेपाल टेलिकमको विन्टर अफर

हिमाल प्रेस २९ पुष २०८० १४:५३
नेपाल टेलिकमको विन्टर अफर

काठमाडौँ– नेपाल टेलिकमले समय समयमा विभिन्न प्रकारका अफरहरु उपलब्ध गराउँदै आएको छ। यसै क्रममा पुस २७ देखि लागू हुने गरी विन्टर अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक उपलब्ध गराएको छ। यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको छ। यस अनुसार १ दिनको समयावधिका लागि रु. १९ मा ४०० एमबी र रु. ३३ मा १२०० एमबी डाटा उपलब्ध हुनेछ।

त्यसैगरी ७ दिनको समयावधिका लागि लागि रु. १०९ मा ५ जीबी र २८ दिनको समयावधिका लागि रु. २९८ मा ७ जीबी डाटा उपलब्ध हुनेछ। स्टे कनेक्टेड प्याकअन्तर्गत ५ दिनको समयावधिका लागि रु. १०९ मा ६ जीबी डाटा तथा रु. १३९ मा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ। त्यसैगरी २ घण्टाको समयावधिका लागि रु. ३५ मा अनलिमिटेड प्याक उपलब्ध हुनेछ।

यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकसमेत उपलब्ध हुनेछ। त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रूपमा उपलब्ध हुनेछ।

विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले 1415*1# डायल गर्नुपर्नेछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस अफरसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ।

प्रकाशित: २९ पुष २०८० १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =