चेम्बरले भन्यो– डेडिकेटेड र ट्रंकलाइन छानबिन आयोग गठन स्वागतयोग्य

हिमाल प्रेस २५ पुष २०८० १५:४६
6
SHARES
चेम्बरले भन्यो– डेडिकेटेड र ट्रंकलाइन छानबिन आयोग गठन स्वागतयोग्य

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंकलाइन विद्युत्‌काे महसुल सम्बन्धमा न्यायोचित समाधानका लागि छानबिन समिति गठन गर्ने सरकारको कदम स्वागतयोग्य भएको बताएको छ। उच्चस्तरीय न्यायिक आयोग गठनमार्फत विद्युत् महसुल समस्या समाधान हुनेमा विश्वस्त रहेको चेम्बरले जनाएको हो।

नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोडसेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलबारे विद्युत् प्राधिरण र उद्योगीबीच मतभिन्नता हुँदा यसले समग्र लगानी र व्यवसायामैत्री वातावरणमा असर गर्ने देखिएको थियो। ढिलै भए पनि समस्या समाधान हुनेमा विश्वस्त छौँ।’

सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले निर्धारित समयमा आफ्नो छानबिन पूरा गरी न्यायनिरुपण गर्ने चेम्बरले विश्वास लिएको छ।

मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य रहेको भन्दै चेम्बरले लगानी र व्यवसायमैत्री वातावरण सिर्जना गर्नका लागि सरकार र निजीक्षेत्र दुवैको भूमिका उत्तिकै जिम्मेवार हुने बताएको छ।

प्राधिकरण र उद्योगीबीच समस्या समाधान गरी लगानीको वातावरण सिर्जना गर्नुपर्ने चेम्चरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल विवादमा दीर्घकालीन समस्या समाधान खोज्नसमेत चेम्बर अफ कमर्सले छानबिन समितिसमक्ष आग्रह गरेको छ।

प्रकाशित: २५ पुष २०८० १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =