त्रिशूली नदीमा ‘हाइड्रो’निर्माणले र्‍याफ्टिङ धरापमा

हिमाल प्रेस २५ पुष २०८० १३:५४
74
SHARES
त्रिशूली नदीमा ‘हाइड्रो’निर्माणले र्‍याफ्टिङ धरापमा

काठमाडौँ- नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा)ले जथाभावी इड्रोपवार निर्माणसँगै जलयात्रा पर्यटन व्यवसायीको सम्पूर्ण लगानी डुब्ने अवस्थामा पुगेको आवाज उठाउन थालेका छन्।

गोरखाको गण्डकी गाउँपालिका-१ बुट्टार र चितवनको इच्छाकामना-३ चुमखोलास्थित निर्माणाधीन एकसय मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले जलयात्रा पर्यटन संकटमा पर्ने भन्दै  र्‍याफ्टिङहरू व्यवसायीहरू विरोधमा उत्रिएका छन्।

त्रिशूली भनेको प्राकृतिक र गाइडहरूको मेरुदण्ड भएका कारण यो नदीमा हाइड्रोपावर आयोजना गर्नु गलत भएको नाराका अध्यक्ष अध्यक्ष शिव अधिकारीले बताएका छन्।

नेपालमा आउने ९० प्रतिशत पर्यटकले त्रिशूली नदीमा र्‍याफ्टिङ गर्ने जान्छन्। नेपालको नदीमध्ये त्रिशूली महत्वपूर्ण नदी हो। यसलाई मास्न खोजीएकोमा उनको आपत्ति छ।

त्रिशूली सरकारले र्‍याफ्टिङका लागि खुला गरेका विभिन्न १६ नदीमध्येको प्रमुख गन्तव्य हो। स्थानीयबासी र र्याफ्टिङ व्यवसायीहरूसँग कुनै छलफल नगरी त्रिशूलीमा हाइड्रोपावर आयोजना सुरू भएका कारण यो क्षेत्रका र्याफ्टिङ पलायन हुने उनले बताए।

र्‍याफ्टिङ,रिसोर्ट लगायतमा ५ अर्ब लगानी छ। जसमध्ये ३० प्रतिशत त्रिशुली नेदीभित्र छ। यहाँ हाइड्रोपावर बनाउँदा पानी सुकेर अर्बौ लगानी डुब्ने देखिन्छ।

नेपालमा जलविद्युत् निर्माणका लागि सम्भाव्य अन्य नदीनाला भए पनि जलयात्राका लागि पर्यटकको पहिलो रोजाइमा रहेको त्रिशूली नदीको यस क्षेत्रमा हाइड्रोपवार निर्माण गर्दा हजारौँको रोजगारी गुम्ने र आगामी दिनमा समेत गुम्र्दै जाने व्यवसायीहरू बताउँछन्।

नारा, एचआरजीएन,नेपाल रिभर कन्जरभेसन ट्रष्ट, नेपाल राफ्ट एण्ड कएक क्लब फिस्लिङले समेत त्रिशूलीमा बने हाइड्रोपावरको विरोध गरिरहेका छन्।

प्रकाशित: २५ पुष २०८० १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =