एमालेले थाल्यो नेता-कार्यकर्ताको स्वमूल्यांकन

हिमाल प्रेस २५ पुष २०८० ८:२२
12
SHARES
एमालेले थाल्यो नेता-कार्यकर्ताको स्वमूल्यांकन

बिर्तामोड- नेकपा एमाले झापाले पार्टीका जिम्मेवारपदमा बसेका नेताको स्वमूल्यांकन थालेको छ।

पार्टी कामको लागि जिम्मेवारी लिएका नेता कार्यकर्ताबाट पछिल्लो कार्यकालमा पदीय जिम्मेवारीमा रहेर हालसम्म गरेको कामको सम्पादनबारे जानकारी लिन स्वमूल्यांकन थालेको हो।

दुई दिन पहिले पुस २२ गते झापा निर्वाचन क्षेत्र नं ३ मा जिल्ला कमिटी सदस्यहरूमाझ उक्त अभियानको प्रारम्भ गरिएको थियो। आज क्षेत्र नं २ अन्तर्गत बसोबास रहेका जिल्ला कमिटी सदस्यहरुको बैठकमाझ स्वमूल्यांकन सम्बन्धी अन्तरक्रिया गरिएको हो।

जिल्ला सचिव तथा संगठन विभाग प्रमुख शिव ढुंगेलले पार्टी जिल्ला कमिटीले निर्धारण गरेको कार्ययोजनामा आधारित रहेर संगठन विभागले १७ वटा प्रश्न तयार गरी पार्टीका जिल्ला नेता र मातहत कमिटीमा रहेर काम गरिरहेका जिम्मेवार कार्यकर्ताहरूको मूल्यांकनको सुरुवात गरेको बैठकमा जानकारी दिए।

विभागले जिल्ला कमिटी सदस्यहरु, नगर कमिटीका पदाधिकारी एवम् सदस्यहरु र वडा कमिटीका पदाधिकारी एवम् सदस्यहरू तथा २३ वटै जनवर्गीय संगठनमाझ प्रश्न पठाएर स्वमूल्यांकन गरिने विभागीय प्रमुख तथा पार्टी जिल्ला सचिव ढुंगेलले जानकारी दिए।

निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय संयोजक बद्री भट्टराईको अध्यक्षमा सम्पन्न बैठकमा झापा जिल्ला कमिटीका अध्यक्ष दिपक कार्की र उपाध्यक्ष प्रेम गिरीले विशेष मन्तब्य राख्दै स्वमूल्यांकनको अभियान पार्टी जीवनका लागि अत्यन्तै रचनात्मक भएको जनाए।

स्वमूल्यांकनको कार्यले जिम्मेवार नेता कार्यकर्ताहरुको समाज रूपान्तरणमा कस्तो योगदान रहेछ भन्नेसमेत मूल्यांकन गर्न सहयोग गर्ने नेताहरूको भनाइ थियो।

प्रकाशित: २५ पुष २०८० ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =