बिदेसिने कामदारका पक्षमा नीतिगत छलफल आवश्यक

हिमाल प्रेस २४ पुष २०८० १५:५२
6
SHARES
बिदेसिने कामदारका पक्षमा नीतिगत छलफल आवश्यक

काठमाडौँ- श्रमिकको हितविपरीत हुने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेका निर्णयमा नीतिगत छलफल आवश्यक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभाति डोलप्रसाद अर्यालले औंल्याएका छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंगलबार बुझाएको प्रतिवेदनमा नीतिगत विषयमा छलफल गर्नसमेत माग गरेका छन्।

देशमा रोजगारीको अवसर नहुँदा नेपाली युवा सामान्य काम र थोरै पारिश्रमिकका लागि वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता भएको भन्दै उनले यसको फाइदा लिन बिचौलिया सक्रिय रहेको भएको बताए।

अर्यालले नीति, योजना र कार्यक्रम बिदेसिएका युवाका लागिभन्दा अमूक व्यक्ति वा संस्थाको स्वार्थपूर्ति केन्द्रित भएको भन्दै आपत्ति जनाए।

‘वैदेशिक रोजगारीमा कार्यरत युवाकै कारण रेमिट्यान्स भित्रिएका कारण अर्थतन्त्रमा बलियो टेवा पुगेको छ। पछिल्लो समय श्रम मन्त्रालयले गरेका कतिपय निर्णय श्रमिकमैत्री नरहेको र स्वार्थप्रेरित रहेकोबारे सार्वजनिक चर्चा भइरहेको छ,’ उनले भने, ‘विचौलियालाई फाइदा हुनेगरी पुगेको निर्णयको प्रमाणित आधार सत्य हो वा होइन। निर्णय नै गरेको भए त्यसको लाभ वा हानी के कस्तो हुन्छ। त्यो निर्णय बिदेसिने वा विदेशमै रहेका श्रमिकको हितमा छ वा छैन। यसमाथि नीतिगत छलफल हुनुपर्छ।’

यस्तो छ उनले बुझाएको प्रतिवेदन

प्रकाशित: २४ पुष २०८० १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =