अब एक घन्टामै श्रम स्वीकृति : श्रममन्त्री अर्याल

हिमाल प्रेस २५ चैत २०८० १६:३९
24
SHARES
अब एक घन्टामै श्रम स्वीकृति : श्रममन्त्री अर्याल

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले एक घण्टाभित्रै श्रम स्वीकृति पाउने बताएका छन्। मन्त्री अर्यालले आज श्रम कार्यालयमा पत्रकार सम्मेलन गदै कार्यालयको समयभित्र अनलाइनबाट कागजात पेस गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गरिने जानकारी गराए।

पत्रकार सम्मेलनमा बोल्दै उनले वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृतिका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यता र यसबाट हुने ठगिको पनि अन्त्य भएको बताए। ‘वैदेशिक रोजगारीको लागि व्यक्तिगत, संस्थागत र अन्य सबै खालका श्रम स्वीकृत एक घण्टाभित्रै सेवाग्राही पाउँछन्।

अब छिटो श्रम स्वीकृति गराउन दलालको सहारा लिनु पदैन्। कामदारले श्रम स्वीकृति लिएकै दिन विदेश उड्न पनि पाउँछन्’ उनले भने।

प्रकाशित: २५ चैत २०८० १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =