सुनको मूल्यमा गिरावट

हिमाल प्रेस २४ पुष २०८० १२:१६
18
SHARES
सुनको मूल्यमा गिरावट

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला दुई सय रुपैयाँमा गिरावट आएको जनाएको हो।

आज छापावाल सुन १ लाख १८ हजार ६ सय र तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

साेमबार छापावाल सुन १ लाख १८ हजार ८०० सय र तेजाबी सुन १ लाख १८ हजार २५० रुपैयाँमा काराेबार भएकाे थियाे।

चाँदीको मूल्य भने स्थिर छ। महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: २४ पुष २०८० १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =