गण्डकीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

हिमाल प्रेस २३ पुष २०८० १३:४९
8
SHARES
गण्डकीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

काठमाडौँ- नेकपा एमालेले गण्डकी प्रदेशमा राष्ट्रियसभामा उम्मेदवारी दर्ता सकेको छ।

गण्डकी प्रदेशको केन्द्र पोखरामा आज अल्पसंख्यक तथा अपांगताबाट हेमन्त शेरचन (मुस्ताङ), महिलाबाट सम्झना देवकोटा, (गोरखा) र अन्यबाट चक्रबहादुर पराजुली( स्याङ्जा)ले उम्मेदवारी दिएका हुन्।

देशभर एक्लै लडेको एमालेले गण्डकीबाट रिक्त हुने सबै पदमा उम्मेदवारी दिएको हो। आउँदो माघ ८ मा राष्ट्रियसभाको चुनाव हुँदैछ।

प्रकाशित: २३ पुष २०८० १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =