एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रियसभाका २ उम्मेदवार

हिमाल प्रेस २३ पुष २०८० ९:२४
6
SHARES
एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रियसभाका २ उम्मेदवार फाइल तस्बिर

काठमाडौँ- आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुंगो लगाइएको हो।

जसमा बागमतीमा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ भने कर्णाली प्रदेशमा सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए।

सत्ता गठबन्धनमा भएको भागबन्डामा एकीकृत समाजवादीले २ सिट मात्र पाएको हो।

जम्मा १९ सिटमध्ये नेपाली कांग्रेसलाई १०, नेकपा माओवादी केन्द्रलाई ६, एकीकृत समाजावादीलाई २ र जसपालाई एउटा सिट छुट्याइएको छ।

 

प्रकाशित: २३ पुष २०८० ९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =